काठमाडौं । पछिल्लो केहिदिन भारतमा कोरोना संक्रमणदर घटेपनि अहिले फेरि यसको क्रम बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् ।
यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् ।
कोरोना स्रक्रमणकै कारण थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ ।
पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।
भारतमा हालसम्म २.७३ करोड मानिस संक्रमित भइसकेका छन् भने २.४६ करोड निको पनि भएका छन् ।
यसैगरि मृतकको संख्या ३.११ लाख रहेको छ ।