काठमाडौं । संसद विघटन र प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिट हेर्ने जिम्मा प्रधानन्यायाधीश आफैंले लिएका छन् । बिहीबारको लागि १९ वटा मुद्दामा पेशी तोकिएको छ ।
कुल २८ वटा मुद्दामध्ये ९ वटा मुद्दा संवैधानिक इजलासमा जाने भएकोले त्यो भोलि पेशी तोकिनेछ । संवैधानिक इजलास सामान्यतया शुक्रबार बस्ने गर्छ । त्यहाँ ५ जना न्यायाधीशको पूर्ण इजलास हुन्छ ।
