images
images

काठमाडौंमा संक्रमण दर घट्दो, कति थपिए आज ?


  • 312
    SHARES
  • २०७८ जेठ १२ गते बुधबार

    काठमाडौंमा संक्रमण दर घट्दो, कति थपिए आज ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    यसैगरि काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मंगलबारको तुलनामा यो संख्यामा कमी आएको छ ।  

    मंगलबार काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो । 

    पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । 

    यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

     


    images
    images

    Logo