काठमाडौं । प्राइम कमर्सियल बैंकले सुदूर पश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बैंकले सेती प्रादेशिक अस्पताल ६० थान र माहाकाली अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको हो ।
कोभिड१९ विरुद्घको लडाइ सरकारसँग सहकार्य गर्न बैंकले यो महामारीमा सहयोगको हात बढाएको हो । बैंकले वीर अस्पताललाई करिव ३० लाख बराबरको पीपीई सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगाएतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।