images
images

संक्रमण बढेपछि गभर्नरले छुन छाडे फाइल, अत्यावश्यक फाइलहरु ३ दिनको क्वारेन्टिनमा

राष्ट्र बैंकका ७६ जनामा संक्रमण, ५५ जना अझै सक्रिय संक्रमित


  • 1.1K
    SHARES
  • २०७८ जेठ १२ गते बुधबार

    संक्रमण बढेपछि गभर्नरले छुन छाडे फाइल, अत्यावश्यक फाइलहरु ३ दिनको क्वारेन्टिनमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकका ७६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म सो संख्यामा कर्मचारीहरु संक्रमित भएको जानकारी आएको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

    ७६ जना कर्मचारीमध्ये अहिले ५५ जना कर्मचारीहरु सक्रिय संक्रमित छन् । उनीहरु विभिन्न स्थानका आइशोलेसनमा रहेको उल्लेख गरिएको छ । २१ जना भने संक्रमणमुक्त भइ घर फर्किएका छन् । 

    निषेधाज्ञाबीच राष्ट्र बैंकले एक चौथाई कर्मचारीमा आलोपालो प्रणालीमा कार्यालय सञ्चालन गरिरहेको छ । घरबाटै अभौतिक रुपमा सञ्चालन गर्न सकिने विभागलाई समेत खुला गर्न लगाउँदा अहिले संक्रमणको दर बढिरहेको देखिएको छ ।

    गभर्नरले फाइल छुनै छाडे

    राष्ट्र बैंकभित्र संक्रमण दर उच्च देखिएपछि यतिबेला गभर्नर महाप्रसाद अधिकारीले भौतिक रुपमा सदर गर्नुपर्ने फाइलहरु छुनै छोडेका छन् ।

    फाइलबाट संक्रमण हुनसक्ने आशंका गर्दै अधिकारीले अहिले सकभर सबैलाई फाइलहरु स्क्यान गरेर इमलेमा पठाउन भन्छन् । त्यहीँबाट हेरेर हुन्छ वा हुँदैन भनेर पठाउँछन् । तर, यसरी इमेलमार्फत् पठाइएको निर्देशनलाई कति मान्यता दिने भन्ने समस्या रहेको राष्ट्र बैंकका कर्मचारीहरु बताउँछन् । 

    कुनै सदर गर्नैपर्ने खालका फाइलहरु छन् भने अधिकारीले ३ दिन क्वारेन्टिनमा राखेर मात्रै सदर गर्ने गरेका छन् । अहिले डेपुटी गभर्नरहरुले समेत ३ दिन क्वारेन्टिनमा राख्न थालेकोले एउटा फाइल सदर भएर आउन एक साताभन्दा बढी समय लाग्ने अवस्था छ ।


    images
    images

    Logo