images
images

लोप हुन लागेको रतुवा मृग पोखराको रानीवनमा हेर्न पाइने


  • 869
    SHARES
  • २०७८ जेठ १२ गते बुधबार

    लोप हुन लागेको रतुवा मृग पोखराको रानीवनमा हेर्न पाइने

    पोखरा । पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा एक जोडी रतुवा मृग छोडिएको छ । 

    फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री विकास लम्सालले सोमबार एक जोडी रतुवा मृग छोडे । 

    तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ वर्षको पोथी र लगभग सात वर्षको भाले उक्त जोडी रतुवा मृग लेखनाथको पचघैयास्थित वन्यजन्तु उद्धार केन्द्रबाट ल्याइएको हो ।

    डिभिजन वन कार्यालय कास्कीले रु १८ लाखको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालमा ल्याएको हो । 

    वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाइने बताउँदै मन्त्री लम्सालले  प्रदेशभित्रका विभिन्न दुर्लभ जीवजन्तुलाई संरक्षण गर्दै यहाँ आउने पर्यटकले देख्न पाउने गरी व्यवस्थित गर्दै लगिने जानकारी दिए ।

    हाल  केन्द्रमा १५ वटा  रतुवा मृगसहित चरिबाघ, वन बिरोलो, हुचिल, गिद्ध नीलगाई, स्याल, पानी र सुक्खामा पाइने कछुवालगायतका विभिन्न १८ प्रजातिका वन्यजन्तु रहेका छन् । 
    केन्द्रमा घाइते वन्यजन्तुको उद्धारका लागि एउटा एम्बुलेन्ससमेत व्यवस्था गरिएको छ ।


    images
    images

    Logo