images
images

काठमाडौं उपत्यकामा जेठ १४ बाट निर्माण सामग्री ढुवानी बन्द  


  • 909
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    काठमाडौं उपत्यकामा जेठ १४ बाट निर्माण सामग्री ढुवानी बन्द  

    काठमाडौं । बढ्दो कोरोना जोखिमलाई ध्यानमा राखेर  काठमाडौं उपत्यकामा निर्माण सामग्री ढुवानी बन्द गर्ने निर्णय गरिएको छ । 

    काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जेठ १४ बाट लागू हुनेगरि उक्त निर्णय गरेका हुन् ।    

    सरकारी कार्यालयका सवारी–साधन सञ्चालनमा पनि प्रजिअहरुले कडाई गर्ने निर्णय गरेका छन् । 
    जेठ १४ बाट लागू हुनेगरी विहान १० बजेपछि साँझ पाँच बजेसम्म सरकारी गाडी संचालनमा कडाई गरिने प्रजिअ कालीप्रसाद पराजुलीले बताए । 

    बिमा कम्पनी र बैंकका कार्यालय संचालनमा थप सीमितता ल्याउने निर्णय गरिएको छ । 

    सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरिसकेको अवस्थामा त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रशासनको तयारी छ ।


    images
    images

    Logo