images
images

नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १६९ जनाको मृत्यु


  • 481
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १६९ जनाको मृत्यु

    काठमाडौं ।  नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । 

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा १६९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ । 

    हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । 

     


    images
    images

    Logo