images
images

जेठ १४ गतेदेखि किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय 


  • 519
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    काठमाडौं । उपत्यकाको जिल्ला प्रशासन कार्यालयहरूले जेठ १४ गतेदेखि काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ ।

    उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज मंगलबार बसेको बैठकले सो निर्णय गरेका हुन् । किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने निर्णय भएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए । साग–सब्जी पसल मात्र खोल्न पाइन्छ । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।

    मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाको संयुक्त बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को चेन ब्रेक गर्न यसतो निर्णय गरेको हो । 

     


    images
    images

    Logo