images
images

सेयर बजारमा करेक्सन


  • 608
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    सेयर बजारमा करेक्सन

    काठमाडौं । मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० अंकमा झरेको छ ।

    यो दिन २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर ११ अर्ब १३ करोड ३३ लाख ९९ हजार १०८ रुपैयाँमा कारोबार भएको छ ।

    यो दिन १०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    उपसमूहतर्फ जलविद्युत्, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनीतर्फ वृद्धि देखिएको छ भने बैंकिङ, डेभलपमेन्ट बैंक, लगानी समूहतर्फ गिरावट देखिएको छ ।

    यो दिन सबैभन्दा बढी कमाउने कम्पनीमा बरुण हाइड्रोपावर, माउण्टेन हाइड्रो नेपाल, युनिर्भसल पावर कम्पनी, घलेम्दी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, साधना लघुवित्त छन् ।

    त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा मल्टिप्रपोज फाइनान्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंक छन् ।


    images
    images

    Logo