images
images

संसद विघटनको रिटमा आज पेशी तोकिएन, बजेट अधिवेशनको समय घर्किदै


  • 848
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    संसद विघटनको रिटमा आज पेशी तोकिएन, बजेट अधिवेशनको समय घर्किदै

    काठमाडौं । संसद विघटन, राष्ट्रपतिको कदम र बजेट अधिवेशन समेतको माग राख्दै सर्वोच्च अदालतमा दायर भएको कुनै पनि रिटउपर आज पेशी तोकिएन । संसद विघटन लगायत समसामयिक विषयमा अदालतमा परेका २८ रिटमध्ये मंगलबारका लागि कुनै पनि पेशी नतोकिएको हो । 

    आज अदालतमा ३ वटा इजलास मात्रै बस्नेछ । दीपकुमार कार्की र सपना मल्ल प्रधानको इजलासले ३ वटा तथा आनन्दमोहन भट्टराईको एकल इजलासले एउटा मुद्दा हेर्नेछ । यी सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका हुन् । 

    धेरै मुद्दा भएका कारण त्यसलाई इन्ट्रि गर्न र पेशीमा चढाउन आज भ्याइने अवस्था नभएको सर्वोच्च प्रशासनले जनाएको छ । बुधबार सार्वजनिक विदा भएका कारण बिहीबारदेखि मात्रै यसको पेशी तोकिने सम्भावना छ । 

    आइतबार जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । विपक्षीको रिटमा बजेट अधिवेशन बोलाउन समेत माग गरिएको छ । तर, पेशी तोकिने समय ढिला हुँदा विपक्षीको माग अनुसार बजेट अधिवेशन बोलाउन भ्याउने अवस्था छैन । 


    images
    images

    Logo