काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आज इराकतर्फ प्रस्थान गर्दै छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार नेपाली टोली इराक प्रस्थान गर्ने जनाएको छ ।
नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक जाने भएको हो । नेपालले यही जेठ १५ मे २९ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
एन्फाले सोमबार नेपाली टोलीका २३ खेलाडी र १२ पदाधिकारीको पीसीआर परीक्षण गराएको थियो ।
जसमा सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।



