काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् ।
स्पष्टीकरणको जवाफ नदिएपछि अध्यक्ष ओलीले नेता नेपाल, खनाल र रावललाई निलम्बन गर्ने तयारी गरेको स्रोतले बताएको छ । ‘
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावलसहित ११ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो ।
तर कसैले पनि स्पष्टीकरणको जवाफ नदिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका निम्ति नेता नेपाल सहित २६ सांसदले हस्ताक्षर गरेका थिए ।