images
images

स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने : मन्त्री त्रिपाठी


  • 437
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने : मन्त्री त्रिपाठी

    काठमाडौं । कोरोना महामारीको दोस्रो लहर अझै  तीव्र गतिमा फैलिन सक्ने भएकाले त्यसका रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले  स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् ।   

    जनस्वास्थ्यविद्हरुको सुझावका आधारमा स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताए ।  

    यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा  छलफल भइरहेको मन्त्री त्रिपाठीले बताए ।

    देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको उनले जानकारी दिए । 

    कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको बताइएको छ ।

    खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनले बताए । 

    कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा पाउन सक्ने उनले संकेत दिए । 

     


    images
    images

    Logo