काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
यस्तै भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमितमध्ये ७ हजार १३५ जना निको भएका थिए ।