images
images

नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि 


  • 490
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । 

    यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । 

    हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । 


    images
    images

    Logo