images
images

युरो कप युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदै


  • 1.1K
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    युरो कप युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदै

    काठमाडौं । सन् २०२० मै हुनुपर्ने युरोकप विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण एक वर्षपछि हुन लागेको छ ।

    मिनी विश्वकपको रुपमा परिचित युरोकप अर्थात् युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ (जेठ २८ देखि असार २७)गते सम्म आयोजना हुँदैछ । 

    युरोकपको १६औं संस्करण युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदैछ । 

    युरोकप सुरु भएको ६० वर्षको अवसरमा यो प्रतियोगिता धेरैवटा देशमा आयोजना गर्न लागिएको हो । यस पटक सीमित दर्शकका बीच खेल हुनेछ ।

    युरोकपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको समूह विजेता र समूह उपविजेतासँगै तेस्रो हुनेमध्येको उत्कृष्ट चार टोलीले प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

    यस पटक युरोकप बेलायतको लण्डन, नेदरल्याण्ड्सको आमस्टर्डम, अजरवैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख, इटलीको रोम र रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

    उद्घाटन खेल टर्की र इटलीबीच रोममा हुनेछ । समूह चरणदेखि क्वाटरफाइनलसम्मका खेलहरु विभिन्न शहरमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल लण्डनमा हुनेछ ।

    यस पटक युरोकपमा समूह चरणमा ३६ र नकआउट चरणमा १५ गरी कुल ५१ खेल हुनेछन् ।

     


    images
    images

    Logo