काठमाडौं । ‘विघटित’ प्रतिनिधिसभाका १४६ सांसदले शेरबहादुर देउवालाई प्रधामन्त्री नियुक्त गर्न अपिल गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल पक्ष तथा जनता समाजवादी पार्टीका उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा समेतका सांसदले अदालतमा यस्तो अपिल गरेका हुन् ।
उनीहरुले ओली नेतृत्वको मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपतिले विघटित गरेको प्रतिनिधिसभा पुनस्र्थापनाको माग समेत गरेका छन् ।