काठमाडौं । सरकारले नागरिकता संशोधनसम्बन्धी अध्यादेशको विरोध गर्नेलाई ‘नबुझ्ने’ र ‘बुझेर पनि बुझ पचाउने’ दुई संज्ञा दिएको छ ।
सोमबार महान्यायाधिवक्ता कार्यालयको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडाल, नायव महान्यायाधिवक्ताहरु तथा गृहसचिव महेश्वर न्यौपाने लगायत सहितको पत्रकार सम्मेलनमा यस्तो जवाफ दिइएको हो ।
सम्मेलनमा नागरिकतासम्बन्धी अध्यादेश २०७८ मा कुनै पनि नयाँ विषय नसमेटिएको बताइएको छ ।
महान्यायाधिवक्ता रमेश बडालले सो अध्यादेशमा नेपालको संविधान २०७२ ले गरेको व्यवस्था, संविधान जारी भएपछि सर्वोच्च अदालतबाट प्राप्त भएका आदेश र संसदीय समितिले छलफल गरेर टुंगोमा पुर्याइसकेको विषय मात्रै समेटिएको दाबी गरे ।