images
images

रोनाल्डो युरोपको शीर्ष तीन लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी


  • 1.3K
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    रोनाल्डो युरोपको शीर्ष तीन लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी

    काठमाडौं । रोनाल्डो युरोपको शीर्ष तीन लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

    यस सिजन सिरी ए फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । रोनाल्डोले यस सिजन ३३ खेलमा २९ गोल गरे । 

    युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले टिमलाई उपाधि दिलाउन नसके पनि गोल्डेन बुट भने जित्न सफल भए । 

    रोनाल्डोले २९ गोल गर्दा दोस्रो स्थानका रोमेलु लुकाकुले २४ गोल गरेका छन् । उनले भने इन्टरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । 

    यसअघि, उनले प्रिमियर लिग र ला लिगामा गोल्डेन बुट जितिसकेका छन् । 

    यस्तै रोनाल्डो युरोपको शीर्ष तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेतको कीर्तिमान बनाएका छन् । 


    images
    images

    Logo