images
images

 भारतमा मृत्युदर बढ्दो, हालसम्म ३ लाख बढीको मृत्यु


  • 484
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

     भारतमा मृत्युदर बढ्दो, हालसम्म ३ लाख बढीको मृत्यु

    काठमाडौं । भारतमा पछिल्लो केही समययता निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ । तर, मृत्युदर भने अझै पनि घटेको छैन ।

    भारतमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । 

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्यु भएको हो । सो अवधिमा कोरोनाका २ लाख २२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

    यससँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने २७ लाख २० हजारमा झरेको छ ।

     

     

     


    images
    images

    Logo