images
images

श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन माग


  • 350
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन माग

    काठमाडौं । नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन आइतबार अर्थमन्त्रीसमक्ष माग गरेको छ । 

    आर्थिक वर्ष २०७८÷०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको हो । 

    युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताए । 

    यस्तै युनियनले राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकलगायतको आय करको सीमा वृद्धि गरी कम्तीमा पनि रु सात लाख कायम गर्नुपर्ने बताएको छ । 

    युनियनका उपाध्यक्ष अजयकुमार राईले ट्रेड युनियन र व्यावसायिक सङ्घ, सङ्गठनको समेत प्रतिनिधित्व हुने गरी एक अधिकार सम्पन्न रोजगार प्रवद्र्धन बोर्डको स्थापना गर्नुपर्ने बताए । 

    यस्तै युनियनले असल श्रम सम्बन्ध र कार्यस्थलमा महामारीजन्य रोगको सुरक्षाका लागि सबै प्रतिष्ठान तहमा श्रम ऐनको प्रावधानअनुसार श्रम सम्बन्ध समितिको अनिवार्यरूपमा गठन गरी क्रियाशील गराउन सरकारको ध्यानाकर्षण गराएको छ । 

    त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकको अनुभव, सीप र साधनको प्रयोग गरी स्वदेशमै रोजगारीको सिर्जना र उद्यमशीलताको विकास गर्न प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने, महामारीको समयमा श्रमिकको तलब कटौती गर्न नपाइने युनियनले बताएको छ ।


    images
    images

    Logo