images
images

सिंगापुरबाट २५ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग


  • 483
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

    सिंगापुरबाट २५ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग

    काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका लागि विभिन्न मुलुक बाट सहयोग आउने क्रम जारी छ । 

    शनिबार नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर सिंगापुरबाट ल्याइएको १३ टनभन्दा बढी स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । 

    करिब तीन मिलियन सिंगापुर डलर करिब २५ करोड नेपाली रुपैयाँको संयुक्त अनुमानित मूल्यका ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले हस्तान्तरण गरे ।

    यी सामान तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको जनाइएको छ ।

    स्वास्थ्य सामग्रीहरुमा एक लाख २३ हजार बढी फोर्टिट्युड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको पाँच हजार बाकस, सिटोटेष्ट स्वाब किट्स २ लाख ५० हजार, २ म्यागेसी ३२ आएनए निकासी मेसिन, २५०० निकासी किट र रिजेन्ट्स, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पीएपी, नन–इन्भेसिभ भेन्टिलेटरहरु र चार हजार बढी पल्स अक्सिमिटर रहेको जनाइएको छ ।

    यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

    सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट कीट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । 

    यसैगरी, २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।

     

     

     


    images
    images

    Logo