images
images

नर्भिकले १४ विशेषज्ञलाई एकैसाथ निःशुल्क ओपिडीमा उतार्र्दै, क्यान्सर स्क्रिनिङको दुर्लभ अवसर


  • 365
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    नर्भिकले १४ विशेषज्ञलाई एकैसाथ निःशुल्क ओपिडीमा उतार्र्दै, क्यान्सर स्क्रिनिङको दुर्लभ अवसर

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार(भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकहरुलाई एकैसाथ निःशुल्क ओपिडी सेवामा उपलब्ध गराउने भएको छ । 

    अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत शनिवार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र यूरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकहरुलाई निःशुल्क ओपिडी सेवामा उपलब्ध गराइने भएको हो । 
    नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित विशेष ओपिडी सेवा शनिवार पनि संचालन गर्न लागेको हो । शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म क्यान्सर स्क्रिनिङका लागि निःशुल्क ओपिडी संचालन हुने अस्पतालले जनाएको छ । 

    निःशुल्क क्यान्सर स्क्रिनिङ सेवामा डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा. श्वेता बराल, डा. विवेक खनाल, डा. एलिजा श्रेष्ठ, डा. बानिरा कार्की, डा. दीपक लामिछाने, डा. राजन कोजू र डा. सुदिप शाक्य उपलब्ध हुनेछन् । उनीहरु सबै क्यान्सर र सोसँग सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकहरु हुन् । 

    यसैबीच, नर्भिकको वार्षिकोत्सवको अवसर पारेर क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु पनि सार्वजनिक गरिएको छ । नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क बैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी रु. १४ हजार कायम गरिएको छ । ४० वर्षमाथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको छ । 

    यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत बैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट रु. ११ हजार रहेको छ । 

    अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्कमा समेत बैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ । यो प्याकेज  ५ हजार ५ सय ५ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ । 

    यसैबीच, निःशुल्क फ्री ओपिडी अभियान अन्तरगत शनिवार(भोलि) यूरोलोजीको २ वटा टिमले समेत अलग अलग सेवा दिने भएको छ । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी शनिवार विहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । 
    मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 


    यसैगरी, बिहान ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

    नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । 

    यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । 
    निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

     


    images
    images

    Logo