काठमाडौं । निर्वाचन आयोगले जेठ १७ गतेका हुने राष्ट्रियसभा निर्वाचनका उमेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगले आज नेपाल कम्युनिस्ट पार्टी एमाले का चन्द्रबहादुर खड्कालाई सूर्य चिह्न र नेपाली कांग्रेसका उमेदवार दृगनारायण पाण्डेयलाई रुख चिह्न प्रदान गरेको हो ।
पाण्डे कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा राजमो का साझा उमेदवार हुन् ।
खड्का माओवादीबाट एमाले प्रवेश गर्दा रिक्त पदमा निर्वाचन हुन लागेको हो ।