images
images

जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था सहितको अध्यादेश जारी


  • 731
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

    जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था सहितको अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकता भएका नागरिकका सन्तानले वंशजको आधारमा नागरिता पाउनु पर्ने व्यवस्था सहित अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८’ जारी गरेको हुन् । 

    नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ‘नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेशमार्फत जारी  गरिएको हो । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने अन्तरिम संविधानमा व्यवस्था थियो । आवधिक संविधान निर्माण गर्दा उक्त व्यवस्था हटाइएको थियो । 

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरूको सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था सहितको अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । 

    Nagarikata Adhyadesh.jpg

     


    images
    images

    Logo