images
images

नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस पुष्टि, १९३ जनाको  मृत्यु


  • 528
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

    नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस पुष्टि, १९३ जनाको  मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ । 

    जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो । 

    हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

    जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् । 

    पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएका छन् । 

     


    images
    images

    Logo