images
images

हवाइजहाजमा यात्रा गर्दा नेपालमै उत्पादन भएको दूध खान पाइने


  • 446
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

    हवाइजहाजमा यात्रा गर्दा नेपालमै उत्पादन भएको दूध खान पाइने

    काठमाडौं । नेपाली किसानको हितलाई ध्यानमा राखेर नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएको छ ।  

    नेपाल वायुसेवा निगमसँगको छलफलपछि कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सो निर्णय गरेको हो । 

    नेपाल दुग्ध विकास संस्थानका कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिए । 

    नेपालमा एक अन्तरराष्ट्रिय विमानस्थलसहित अन्य ५० विमानस्थल छन्  सोमध्ये २९ सञ्चालनमा छन् । अन्य पाँच निर्माणाधीन छन् । 

    नेपालमा अहिले ३० एयरलाइन्स कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् । हवाइजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने  संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।   


    images
    images

    Logo