काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी दर्ता सुरु गरेका छन् । आफू निकट युवा नेता पक्षीय युवा परिचालन गरेर नयाँ पार्टी दर्ता अघि बढाएका हुन् ।
पार्टी दर्ताका लागि जीवन राई नेतृत्वमा आइतबार २५ सदस्यीय टोली निर्वाचन आयोग गएको छ। उक्त पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कलम प्रस्ताव गरिएको छ ।
खिमलाल देवकोटाले राष्ट्रियसभामा ‘कलम’ चिन्ह लिएर जितेका थिए । सोही चिन्हलाई नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह बनाउन लागेका हुन् ।