images
images

१० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय


  • 633
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

    १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

    नवलपरासी । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा नवलपुरमा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको छ ।

    हाल थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी उद्योग धेरै भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताए ।

    राज्यले अहिले कृषि, पशुपालनमा विभिन्न सुविधा र अनुदान उपलब्ध गराउँदै आएको हुनाले यसतर्फ नागरिकको आकर्षण बढदै गएको छ ।

    नवलपुर कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र भएकाले यहाँ धेरैजसो यसतर्फ आकर्षित हुन थालेका छन् । कृषि र पशुपालनका सहुलियत कर्जा उपलब्ध हुँदा लगानी गर्नसमेत सहज हुँदा यस क्षेत्रमा लगानी बढेको प्रमुख सुवेदीले बताए । 

    चालु आर्थिक वर्षको १० महिनामा ५१६ उद्योग नवीकरण भएका छन् । यसै अवधिमा ६९२ व्यवसाय नवीकरण भएको जनाएको छ । 

    निधेषाज्ञाका कारण अहिले नयाँ उद्योग तथा व्यवसाय दर्ता नभएको कार्यालय प्रमुख सुवेदीले बताए । अवस्था सामान्य भएको भए नयाँ उद्योग तथा व्यवसाय थप हुने सङ्ख्या अझै बढ्नेमा निषेधाज्ञाका कारण पछिल्ला केही महिनामा दर्तामा कमी आएको उनले बताए । 

    घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र वाणिज्य दर्ता, नवीकरण, ठाउँसारी, पूँजी वृद्धि, उद्देश्य थपमार्फत १० महिनामा कूल रु एक करोड १९ लाख ५२ हजार २७० राजश्व सङ्कलन गरेको छ । 

    उद्योग तर्फबाट रु ६६ लाख ३५ हजार ९७५ र वाणिज्यतर्फ रु ५३ लाख १६ हजार २९५ राजश्व सङ्कलन भएको हो ।


    images
    images

    Logo