images
images

नेपालमा थप ८९८० जना कोरोना संक्रमित, १२९ जनाको मृत्यु


  • 480
    SHARES
  • २०७८ जेठ ८ गते शनिबार

    नेपालमा थप ८९८० जना कोरोना संक्रमित, १२९ जनाको मृत्यु

    काठमाडौं ।  नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ । 

    हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन्  भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ । 

    मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । 
     

     


    images
    images

    Logo