काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्यबाट रामकुमार फुँयाल बिदा भएका छन् । सदस्यको रुपमा कार्यकाल पूरा गरेका फुँयाल अर्को कार्यकालका लागि नियुक्त नभएपछि बाहिरिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेल र सदस्यहरुमा कृष्ण ओली, उषा झा र मीनबहादुर शाहीलाई निरन्तरता दिए पनि फुँयाललाई नहोहोर्याएपछि उनी बाहिरिएका हुन् ।
फुँयालले आफ्नो कार्यकालमा नयाँ संविधान बमोजिम संघीयताको ढाँचामा आवधिक योजना बनाउनेसहित महत्वपूर्ण विकासलक्षित कार्यसम्पादन अघि बढाइएको बताए । आफू जहाँ रहे पनि राष्ट्र निर्माण गर्ने अभियानमा आफ्नो साथ निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।