images
images

काठमाडौंमा मात्रै १७५२ जना कोरोना संक्रमित 


  • 327
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    काठमाडौंमा मात्रै १७५२ जना कोरोना संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १७५२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् ।  

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।  

    यस्तै मृतकका संख्या ६ हजार नाघेको छ । 


    images
    images

    Logo