काठमाडाैं । ग्रीन भेञ्चर्सको आईपीओ बाँडफाँट आज भएको छ । उक्त कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अनुसार आइतबार लक्ष्मी क्यापिटलकाे प्रांगण बानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो।
ग्रीन भेन्चर्सले ८ गतेदेखि सर्वसाधारणका लागि ३१ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कूल निष्काशन मध्ये ९३ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख ५६ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट गरिएको हो।
कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार जनाले २ करोड ४३ लाख ५१ हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २ करोड ४२ लाख ७७ हजार कित्ता शेयरका लागि आवेदन स्वीकृत भएको छ । जसअनुसार सर्वसाधारणका लागि छुट्याइएको २ लाख ८७ हजार ५ सय जनाले १०–१० कित्ता पाएका हुन् ।
उक्त आईपीओको नतिजा सीडीएससी आईपीओ नतिजा, लक्ष्मी क्यापिटल मार्केट र मेरो शेयरबाट हेर्न सकिन्छ।



