images
images

ओलीलाई सात मन्त्रालयको कार्यभार


  • 496
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    ओलीलाई सात मन्त्रालयको कार्यभार

    काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारीले  सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिए ।

    सर्वोच्च अदालतले बिहीबार  रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै काम कारवाही नगर्नू र गर्न नदिनू भनी अन्तरिम आदेश दिएको थियो । 

    प्रधानमन्त्री ओलीको आजको सिफारिश बमोजिम ती मन्त्रालयको  कार्यभार उनलाई तोकिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी  दिए । 


    images
    images

    Logo