काठमाडौं । नेपालमा बढ्दो कोरोना संक्रमणको सामना गर्न (युएसएड) ले सहयोगको घोषणा गरेको छ । महामारीको सुरुवातदेखि युएसएडले गरेको सहयोगले नेपालको ६० प्रतिशत जनसङ्ख्यामा लाभ पुगेको बताइएको छ ।
अमेरिकाबाट सहयोग लिएर आएको तीन मध्येको पहिलो विमानमा नेपालका हजारौँ स्वास्थ्यकर्मीहरुका लागि सर्जिकल मास्क, फेस सिल्ड र पन्जा रहेको छ ।
पछिल्लो १५ महिनामा युएसएडले नेपाललाई कोभिड–१९ सम्बन्धी ५ करोड डलर भन्दा धेरै रकम बराबरको सहयोग प्रदान गरिसकेको जनाएको छ ।
यसरी नेपालको स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन पछिल्लो २० वर्षमा अमेरिकाले ६० करोड डलर बराबर सहयोग गरिसकेको छ ।
युएसएडले कोभिड परीक्षणको दायरा बढाउन सिङ्गो ल्याबबाट देशभर ८७ बढी ल्याबहरु स्थापना गर्न मद्दत पुर्याएको हो ।
त्यस्तै पछिल्लो ६ महिनामा अमेरिकाले नेपालमा अक्सिजन सिलिन्डर, पल्स अक्सिमिटर, पीपीई, डिस्इन्फेक्टेन्ट, थर्मोमिटर, ‘आर्टिअल ब्लड ग्यास मेसिन’ लगायत अन्य थुप्रै अतिआवश्यक स्वास्थ्य सामग्रीहरु पनि आपूर्ति गराएको छ ।
गत नोभेम्बरमा मात्र युएसएडले नेपालका ५१ अस्पताललाई १०० भेन्टिलेटर र एम्बुलेन्स सेवा पनि प्रदान गरेको थियो ।



