काठमाडौं । कोभिड–१९को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रूप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला शुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म ३ करोड ५० लाख रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग प्रदान गरेको हो ।
शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रंपक्तिमा खटिएका दुुई समाजिक संस्थामार्फत केही सामाग्री हस्तानान्तरण गरिसकेका छ भने बाँकी समाग्री एक÷दुई दिनम हस्तानान्तण बताइएको छ ।
शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए । उनीहरुले यस मानविय संकटमा अधुरा र उधारोबाचा भन्दा अहिलेको आवश्यकताको पूर्तीका लागि आपूmहरू सक्रिय रहेको बताए ।
समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगीअक्सिजन प्लान्ट जडानकोतयारी भइरहेको छ । फ्रान्सबाट एयरलिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५शैंयामा ‘हाइफ्लो’ र दैनिक ७ सय लिटर अक्सिजन उत्पादन हुनेछ ।
दुबै कम्पनीले पहिलोचरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शैयाको साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामग्री हस्तानान्तरण गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १ सय शैयाका साथै त्यसका लागि आवश्यक सामाग्री हस्तानान्तरण गरिएको छ ।
शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्सर रेगुलेटरसहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिमप्रदेश, कर्णालीप्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एक दुई दिनमै हस्तानान्तरण गर्दैछ । यस्तै रुपन्देहीमा अग्रपक्तिमा खटिएका ‘कोभिड वारियर’ का लागि ५० हजार मास्क उपलब्ध गराइएको छ ।
यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एक सय थान सिलिण्डर हस्तानान्तरण गर्दैछ ।
यो समूहले सुदूरपश्चिम प्रदेशका लागि डेढलाख थान मास्क, २ सय थान पीपीई सेट प्रदान गरिसकेको छ । यस अघि उक्त समूहले वीर अस्पतालमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयम सेवामा खटिएका हामी नेपालका स्वयम सेवकका लागि २५० वटा पीपीइसेट, २ सय फेससिल्ड र पाँच हजार मास्क दिएको छ ।
‘अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामग्री दिएका बताइएको छ ।



