images
images

मारवाडी समितिद्वारा निःशुल्क ५१ शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन


  • 614
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    मारवाडी समितिद्वारा निःशुल्क ५१ शय्याको कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

    काठमाडौं । गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । 

    मारवाडी सेवा समितिले निर्माण गरेको  केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज  शुभारम्भ गरे । 

    केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले बताए ।

    पोखरेलले  केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सिसिएमसी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    उनका अनुसार अहिले देशका ८६ ठाउँमा पिसिआर प्रयोगशाला  र  केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको  छ । 

    सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले  अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि  औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।

    सात वटै प्रदेशमा सात र काठमाडौंँमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरु गरिने बताए । 

    सेवाका अध्यक्ष गोयलले  नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा निर्मित अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको जानकारी दिए । 


    images
    images

    Logo