images
images

तीन दिनको कारोबारमा ११४ अंकले घट्यो शेयर बजार


  • 511
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    तीन दिनको कारोबारमा ११४ अंकले घट्यो शेयर बजार

    काठमाडौं । यो साता शेयर बजार परिसूचक (नेप्से) १ सय १४ अंकले घटेको छ । दुई दिनको सरकारी बिदाका कारण ३ दिनमात्रै खुलेको बजार बुधबार अन्तिम कारोबार हुँदा २ हजार ५ सय ४६ दशमलव ०४ को विन्दुमा झरेको छ । अघिल्लो साता परिसूचक २ हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा थियो । यो ४.३ प्रतिशतको गिरावट हो ।

    परिसूचक घटेसँगै शेयर बजारको बजार पुँजीकरण पनि घटेको छ । यो हप्ता बजार पुँजीकरण १ अर्ब ६२ अर्ब रुपैयाँले घटेर ३६ खर्ब ७ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो हप्ता यस्तो पुँजीकरण ३७ खर्ब ६९ अर्ब रुपैयाँ थियो । 

    यो साता कारोबार भएका सबै दिन शेयर बजार घटेको छ । पहिलो दिन आइतबार नेप्से ७.६३ अंकले घटेको थियो । सोमबार बजारमा भारी गिरावट हुँदा ४३.१० अंकले घटेको थियो । मंगलबार शिवरात्रि पर्वका कारण कारोबार बन्द थियो भने बुधबार बजार ६३.५४ अंकले घटेको थियो । बिहीबार पनि ग्याल्पो ल्होसारका कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोले बजारको कारोबार बन्द रह्यो । 

    सार्वजनिक बिदाका कारण २ दिन शेयर बजार बन्द हुँदा यो साता कारोबार रकम पनि कम देखिएको छ । यद्यपि प्रतिदिन औसतको आधारमा हेदा यो साता कारोबार रकम भने स्थिर छ । अघिल्लो साता ५ दिनमा १७ अर्ब ५७ को कारोबार भएकोमा यो साता ३ दिनमा १० अर्ब २९ करोडको कारोबार भएको थियो । 


    images
    images

    Logo