काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार कम्पनीले ६.६५ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन हुने भएको हो ।
सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य ६ सय ८४ रुपैयाँ ४८ पैसामा समायोजन भएको छ । उक्त कम्पनीको अन्तिम कारोबार ७ सय ३० रुपैयाँमा भएको थियो ।
मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा सोमबार उक्त कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।



