images
images

जोगिमाराको पहिरो हटाइएपछि पृथ्वी राजमार्ग सुचारू


  • 317
    SHARES
  • २०८३ श्रावण १६ गते शनिबार

    जोगिमाराको पहिरो हटाइएपछि पृथ्वी राजमार्ग सुचारू

    काठमाडौं । धादिङको जोगिमारामा लेदोसहितको पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

    गएराति खसेको पहिरोले सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध बनेको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरो पन्छाएपछि आज बिहान पौने ७ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो।

    पहिरोका कारण चितवनबाट काठमाडौंतर्फ तथा काठमाडौंबाट चितवन हुँदै पूर्व र पश्चिम जाने सवारीसाधन धादिङका विभिन्न स्थानमा रोकिएका थिए। सडक सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन र यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका प्रहरीले जनाएको छ।


    images
    images

    Logo