images
images

विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य


  • 97
    SHARES
  • २०८३ श्रावण ११ गते सोमबार

    विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

    काठमाडौँ  ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज  भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ । 

    नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल  बनायो । 

    नामिबियाका लागि जान फ्राइलिन्कले सर्वाधिक १०० रन बनाए । उनले १४९ बलमा ३ चौका प्रहार गरे । त्यस्तै लौरेन स्टेनक्याम्पले ५९ रन बनाए । नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


    images
    images

    Logo