images
images

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण


  • 452
    SHARES
  • २०८३ श्रावण ७ गते बिहीबार

    कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
    बागमती । साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको छ ।
     
    वितरणका लागि कार्यालयमा कूल २० हजार ६९ बोरा युरिया मल प्राप्त भएकोमा १७ हजार ४७७ बोरा वितरण भई आवको अन्त्यमा दुई हजार ६७५ बोरा मौज्दात बाँकी रहेको कार्यालय प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए ।
     
    त्यस्तै कार्यालयमा अघिल्लो आवमा २१ हजार ४३५ बोरा डिएपी मल प्राप्त भएकोमा शतप्रतिशत नै वितरण भएको उनले बताए ।
     
    कृषि मलअन्तर्गत पोटास तीन हजार १०४ बोरा प्राप्त भएकोमा दुई हजार ९९० बोरा वितरण भई आवको अन्त्यमा ११४ बोरा मौज्दात बाँकी रहेको उनले जानकारी दिए । उनका अनुसार वितरण गरिने मल प्रत्येक बोरामा ५० किलोग्राम रहेको हुन्छ ।
     
    जिल्लामा कृषि मल वितरणको जिम्मा कृषि सामग्री कम्पनी लि र साल्ट ट्रेडिङ कर्पोरेशनलाई हुने गरेकोमा कूल वितरण हुने मल मध्ये ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले वितरण गर्दै आएको उनले बताए ।
     
    मकवानपुरमा सबै मौसममा विभिन्न खेतीहरू लगाइने भएकाले कृषि मलको माग बढ्दो क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार कार्यालयमार्फत वितरण हुने मल विभिन्न ८९ वटा कृषि सहकारी एवं संस्थामार्फत किसानसँग पुग्ने गरेको छ । 


    images
    images

    Logo