images
images

बागमती प्रदेशबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता


  • 168
    SHARES
  • २०८३ श्रावण ६ गते बुधबार

    बागमती प्रदेशबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

    हेटौंडा । नेकपा एमालेबाट मन्त्री बनेका बागमती प्रदेशका  छ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले आज सामूहिक राजनीनामा दिएका हुन् । राजीनामा दिनेमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा रहेका छन् ।

    त्यसैगरी स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ । 

    साथै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ । नेता थपलियाले राजीनामासंगै सरकारलाई दिइएको समर्थन समेत पनि फिर्ता लिइएको जानकारी दिए ।

    bagmati.jfif


    images
    images

    Logo