images
images

गोरु पाल्ने किसानलाई पनि अनुदान


  • 145
    SHARES
  • २०८३ श्रावण ३ गते आइतबार

    गोरु पाल्ने किसानलाई पनि अनुदान

    पोखरा । पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १९ वटा वडाका ५५० गोरुलाई १० हजारका दरले ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएको हो । 

    गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजनसमेत वितरण गरिएको छ। किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको  महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । 

    गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ । महानगरले सबैभन्दा बढी वडा नं २१ का ८४, वडा नं १६ का ८४, वडा नं २४ का ६२, वडा नं २३ का ५१  गोरू पाल्ने किसानलाई त्यस्तो  प्रोत्साहन अनुदान उपलब्ध गराएको नामइएको छ । 

    त्यसैगरी वडा नं २० का ४८, वडा नं २२ का २८, वडा नं १८ का ३१, वडा नं २८ का ३२, वडा नं ३१ का ३८, वडा नं ३३ का २९, वडा नं। १३ का १२, वडा नं १९ का आठ, वडा नं २७ का छ किसानलाई प्रोत्साहन अनुदान दिइएको छ । त्यस्तै वडा नं २६ का पाँच, वडा नं २५ का तीन, वडा नं ३२ का ११ र वडा नं ६ मा दुई÷दुई र वडा नं १५ एक गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको महानगरले जनाएको छ ।  


    images
    images

    Logo