images
images

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन


  • 153
    SHARES
  • २०८३ आषाढ २७ गते शनिबार

    बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

    काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

    शनिबार बिहान आफ्नै घरको भान्साकोठामा शरीरमा आगो लगाएका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अवस्थामा केही समयअघि मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

    प्रहरीका अनुसार राउतको शरीर करिब ५५ प्रतिशत जलेको थियो। उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।

    आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


    images
    images

    Logo