images
images

जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा


  • 176
    SHARES
  • २०८२ फाल्गुण २४ गते आइतबार

    जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा

    काठमाडौँ । जेन जेड आन्दोलनको सन्दर्भमा गठित जाँचबुझ आयोगको टोली प्रतिवेदन पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्की सहित सदस्य विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदन बुझाउने तयारीसहित कार्यालय पुगेको जनाइएको छ।

    आयोगसँग सम्बद्ध aकर्मचारीहरूले प्रतिवेदनसहितका आवश्यक कागजातहरू लिएर प्रधानमन्त्री कार्यालय प्रवेश गरिसकेका छन्। प्रतिवेदन औपचारिक रूपमा बुझाएपछि आयोगले पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ।

     

     


    images
    images

    Logo