images
images

अर्थ मन्त्रालयको सक्रियतापछि शेयर बजारमा बहार


  • 940
    SHARES
  • २०७८ पौष ६ गते मंगलबार

    अर्थ मन्त्रालयको सक्रियतापछि शेयर बजारमा बहार

    मङ्गलबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ५६.७३ अंकले बढेको छ । आज साताको तेस्रो दिन नेप्से बढदा २ हजार ४ सय १५ दशमलव ५५ अंकमा पुगेको छ । 

    आज बजारमा २ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । आज सबै समुह र उपसमुहका सुचकहरु बढेका छन् । 

    आज बजारमा ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य  सर्वाधिक १० प्रतिशतले बढेको छ भने गोर्खा फाइनान्सको शेयरमूल्य सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ । 

    बजारमा आज १ सय ८९ कम्पनीको शेयर कारोबार भएकोमा १ सय ८० कम्पनीको शेयरमूल्य बढेको छ । ६ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    बैंकिङ क्षेत्रमा भएको तरलता संकटलाई टार्न अर्थ मन्त्रालयले नीतिगत निर्णय गर्न लागेपछि आजको शेयर बजारमा सुधार देखिएको हो । मन्त्रालयले स्थानीय तहमा जाने रकमको ८० प्रतिशत रकमलाई वाणिज्य बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको जनाएको छ । 

    आजको सुधारसँगै बजार पुनः २ हजार ४ सय भन्दा माथि पुगेको छ । 


    images
    images

    Logo