काठमाडौं । स्वावलम्बन लघुवित्तको शेयर मूल्य समायोजन आज हुँदैछ । सो कम्पनीको १९ प्रतिशत बोनस शेयर पश्चात १ हजार १ सय रुपैयाँ ८४ पैसामा मूल्य समायोजन हुने भएको हो ।
सो बैंकको सोमबारको अन्तिम कारोबार १ हजार ३ सय १० रुपैयाँमा भएको थियो । सोही आधारमा मूल्य समायोजन हुन लागेको हो ।
आज समायोजन भएको मूल्यका आधारमा मंगलबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।