काठमाडौं । महालक्ष्मी विकास बैंकले २१ प्रतिशत लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैंकले पुष २५ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब टुडीखेलमा बस्नेगरी साधारणसभा बोलाएको छ । सो सभाले बैकले प्रस्ताव गरेको २० प्रतिशत बोनु शेयर र १.०५२६ प्रतिशत कर प्रयोजनका लागि समेत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
बैंकले सभा प्रयोजनकालगि पुष १३ गते १ दिनको लागि शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।